फेवा सिरानको प्लटिङ् र मापदण्डको चर्चा राष्ट्रियसभामा, पोखरा महानगरलाई आरोप

पाेखरा | असार २१, २०७९

फेवा सिरानको प्लटिङ् र मापदण्डको चर्चा राष्ट्रियसभामा, पोखरा महानगरलाई आरोप

पोखरा:  पोखराको फेवातालको मुहान भनिने पामे क्षेत्रमा भएको प्लटिङको विषयमा आज राष्ट्रियसभामा चर्चा चलेको छ । 

 

सभाका सदस्य खिमलाल देवकोटाले तालको सिरानमै धमाधाम प्लटिङ् भएकोमा चिन्ता व्यक्त गर्दै यसले फेवाको आयु घटाउँदै लगको बताएका छन् । सोही प्रसंगमा देवकोटाले भने, ‘ मैले केटाकेटीमा देखेको फेवातालको आधा भाग अतिक्रमित छ । भूमाफिया र दलालहरुको चंगुलमा छ । फेवातालको पानीको स्रोत र मुहान हर्पनखोला माथिको मानवीय दमन र हिंसा झन् कहालीलाग्दो छ ।’

 

फेवासँग बाल्यकालीन सम्झनालाई उजागर गर्दै उनले पामेबजारसम्म फेवाताल फैलिएको सुनाए । ‘ढुंगा, गिट्टी, बालुवालगायतका नाममा यसको निरन्तर दोहन भइरहेको छ’ उनले भने ‘दोहन लगायतका कारण फेवाताल निरन्तर पुरिँदैछ । पानीका स्रोतहरु मेटिँदैछन् ।’

 

ताल संरक्षणमा प्रमुख भूमिका खेल्नुपर्ने पोखरा महानगरपालिकाले नै फेवाको अस्मितामाथि खेलवाड गरेको देवकोटाको आरोप छ । फेवातालको मापदण्ड साविक ६५ मिटर नै कायम राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपनि महानगरपालिकाले खुट्टा कमाएको उनले टिप्पणी गरे । 

 

त्यस्तै, जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पूण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवाताल संरक्षण लगायतका लागि प्रतिवेदन पेस गर्न गठित समितिको २०७८ भदौ २८ को प्रतिवेदन सार्वजनिक गर्न समेत उनले माग गरेका छन् । 

 

सभामा भावुक शैलीमा प्रस्तुत भएका देवकोटाले सिमसार क्षेत्रमा कंक्रिटको जंगल बढ्दै गरेको, पानीको मुहान छेकेर प्लटिङ गरेको भन्दै यसलाई तत्काल नरोके फेवातालको आयु शताब्दी हाराहारीमा भएको उल्लेख गरे । 

 

‘फेवातालको गरिमा बचाउन सरकारी संयन्त्रहरु संवेदनशील भएनन् । यसको अस्मितामाथि नै चारैतिरबाट लुट भइरहँदा टुलुटुल हेरेर बसे’ देवकोटाको भनाई छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्